१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी टौखेलमा एमालेको रौनक, सांसदद्वयद्वारा पार्टी कार्यालय उद्घाटन



१८ चैत्र ०७८, ललितपुर । स्थानीय तह निर्वाचनको मिति नजिकै गर्दा गोदावरीमा चुनावी रौनक बढ्दै गएको छ । शुक्रबार भएको नेकपा एमाले गोदावरी नगर कमिटीको सम्पर्क कार्यालय तथा ३ नं वडाको पार्टी कार्यालय उद्घाटनसँगै एमालेको झण्डा र चुनाव चिन्हसहित कार्यकर्ता चोकमा उपस्थित भएर नारा लाग्दै गर्दा चुनावी माहोल बढेको देखिन्छ ।

एमालेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रमको अवसर पारेर सयौं एमाले समर्थक गोदावरीको टौखेल चोकबाट कार्यक्रम स्थलसम्म पुग्दै गर्दा प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, बागमती प्रदेश सभा सदस्य चेतनाथ

सञ्जेलसहित पार्टीका जिल्ला तथा नगर तहका नेता कार्यकर्ताले केही समय पार्टीको गीत र नारा घन्काएका थिए ।
कार्यक्रमको आकर्षणको रुपमा रहेकी थिइन् भर्खरै एमाले प्रवेश गरेकी वरिष्ठ नायिक करिष्मा मानन्धर । मानन्धरले उपस्थितिले उद्घाटन तथा सम्मान कार्यक्रमलाई अझ आकर्षित बनाएको थियो ।

एमालेको गोदावरी ३ का अध्यक्ष सन्तोष कुँबरका अनुसार गोदावरीमा एमालेको बर्चस्व कायम गर्न वडा कमिटीले ११ वटा टोल कमिटी सहित टोल टोलमा राष्ट्रिय युवा संघ र अखिल नेपाल महिला संघको गठन गरि सकिएको जानकारी दिए । कार्यक्रममा २०४९ र २०५४ सालमा तत्कालिन गोदावरी गाविसमा निर्वाचित जनप्रतिनिधिसहित पार्टीलाई सहयोग गर्ने पुराना नेता तथा कार्यकर्ताहरुलाई सम्मान गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।