८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लोलाङ बस्‍ने गुरूङ बैंकिङ कसुर मुद्दामा बौद्धबाट पक्राउ




२० चैत ०७८, काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेको अभियुक्तलाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका–४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका–५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।