७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आउँदो सोमबार एमाले अध्यक्ष ओलीले जावलाखेलमा सम्बोधन गर्ने



२१ वैशाख ०७९, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो सोमबार जावलाखेल चोकमा पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

महानगर स्तरीय चुनाव प्रचार प्रसार समितिको आयोजनामा आसन्न स्थानीय तहको निर्वाचमा एमालेलाई अत्यधिक मतले विजय गराउने योजना बमोजिम सो कार्यक्रम हुने भएको हो ।

आउँदो २६ गते दिउँसो साँढे १ बजे ललितपुरका नेता तथा कार्यकतामा जोश र उत्साह थप्न अध्यक्ष ओलीले सम्बोधन गर्ने ललितपुर जिल्ला कमिटि सचिवालय सदस्य केशव आचार्यले जानकारी गराए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १२ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।