१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


१२ बजेसम्म ३५ प्रतिशत मतदान



 

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन ललितपुर महानगरपालिका–३ स्थित मोडल आइडल विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः नवीन पौडेल/रासस

३० वैशाख ०७९, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएका छन् । ती ठाउँमा पुन: मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।