६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महाँकालका प्रतिश्पर्धीे हुमागाईले विजेतालाई दिए टिका लगाएर शुभकामना, विपक्षीको गरे प्रशंशा




३ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष गणेश केसी र उपाध्यक्ष डोल्मा लामा तामाङलाई एमालेका उपाध्यक्षका उम्मेदवार पुरुषोत्तम हुमागाईले विजेता घोषणा भएसँगै टिका लगाइदिएर शुभकामना तथा बधाई दिएका छन् ।
केसी र तामाङ पालिकाको अध्यक्ष र उपाध्यक्ष घोषणा भएपछि उनले शुभकामना दिएका हुन् । उनले उपाध्यक्ष विजेता डोल्मा लामा तामाङलाई गणतान्त्रिक आन्दोलनको लागि आफ्नो ज्यानको आहुती दिन पनि पछि नपरेकी माहाँकालकी चेली भन्दै प्रशंशा समेत गरेका छन् ।


उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘डोल्मा लामा तामाङ लाई न्याय गर्नु भएकोमा महाँकाल गाउँपालिकाका सम्पुर्ण जनसमुदाय हरुलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु !’
आफू र आफ्नो टिमलाई मतदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गर्दै हुमागाईले गाउपालिकामा हाम्रो पार्टीले सरकार चलाइरहदा भएका कमी कमजोरीहरुलाई आत्मालोचनासहित सच्चिएर फेरि पनि अगाडि बढ्ने बताएका छन् । उनले पराजित भए पनि सामाजिक काम गर्ने प्रण गरेका छन् ।
हुमागाई नेकपा एमालेको पालिका अध्यक्ष समेत हुन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।