६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरीमा खत्री हत्याको अभियोगमा दुई जना पक्राउ



१८ जेठ ०७९, काठमाडौं ।  चन्द्रागिरी नगरपालिका-१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका-८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् । सोही नगरपालिका-३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कुटपिटमा संलग्न दुवै जनालाई पक्राउ गरेको हो । साथै मृतकको झोलाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।