८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा अवैध मोबाइल बेच्ने भारतीय नागरिक पक्राउ



१९ जेठ ०७९, काठमाडौं । भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइललसहित प्रहरीले काठमाडौंबाट एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार स्थित बैशाली जिल्ला, भेरोखरा घर भइ हाल कंलकी बस्ने जमशेद अलि रहेका छन्।

अलिले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोबाइल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा निजले सञ्चालन गरेको जेम्स मोबाइल रिपेयर पसलमा खानतलासी गरेको थियो।त्यसक्रममा भन्सार छलि चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने उदेश्यले राखेका विभिन्न मोडलका १३ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारबाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।