१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णेश्वरमा लडेर महिलाको मृत्यु



२९ जेठ ०७९, काठमाडौं । काठमाडौं गोकर्णेश्वरमा एक महिलाको लडेर मृत्यु भएको छ। शनिबार बेलुकी साढे ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ उत्तरबाहिनीस्थित टहरामा बस्ने एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

राजेन्द्र श्रेष्ठको जग्गामा टहरा लिएर बसेकी रामेछाप उमाकुन्ड गाउँपालिका ५ घर भई टहरामा बस्दै आएकी ४९ वर्षीया सुशीला खड्काको मृत्यु भएको हो।

गए राति उनी शौचालयमा जाँदा लडेर बेहोस अवस्थामा फेला परेकी थिइन्। उनकी बहिनीले लडिरहेको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको थियो।

उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। मृत्यु भएको खबरपछि प्रहरी निरीक्षक विशाल तामाङको कमान्डमा सात जनाको टोली परिचालन भएको थियो। शव नेपाल मेडिकल कलेजमै राखिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।