१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा बस्दै आएका अविराजको सुनचाँदी पसल लुट्ने प्रयास



३० जेठ ०७९, काठमाडौं ।  ललितपुर बस्ने अविराज दूतराजले काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगर सञ्चालन गर्दै आएको सुनचाँदी पसल लुटपाटको प्रयास भएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घरका अविराजले बिहान सोमबार सिंहदरबार प्रहरी वृत्तमा अनामनगरको सुन पसलमा लुटपाट भयो भन्दै फोन गरेका थिए ।

पसलको भित्ता फोडेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन्। मनकामना सुनचाँदी पसलसँगै जोडिएको पान पसलतर्फबाट भित्ता फोडेर प्वाल बनाइएको थियो।

पान पसलबाट भित्ता फोडेर सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। तर भित्र पसेर सुनचाँदी भने लुट्न भने भ्याएका रहेन्छन् ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक पान पसल सञ्चालक भारतको बिहार मोतिहारी जिल्लाका २३ वर्षीय सन्दिप जैसवाल हुन्। उनीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।