५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर च्यासलको गोदामबाट सामान चोरेर बेच्ने ६ जना पक्राउ




२ असार ०७९, काठमाडौं । ललितपुर महानगरपालिका ८ च्यासलस्थित सौरभ इन्टरनेशनल कम्पनीको गोदामबाट विभिन्न ईलेक्ट्रोनिक्सका सामान चोरी गरेको अभियोगमा ६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्याङजा आँधिखोला गाउँपालिका २ घर भई ललितपुर बालकुमारी बस्ने १९ वर्षीय अंकित भुजेल, धादिङ थाक्रे गाउँपालिका ७ घर भई ललितपुर च्यासल बस्ने २४ वर्षीय सरोज खतिवडा, धादिङ थाक्रे गाउँपालिका ५ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीय बिजय थापा, काभ्रे मण्डनदेउपुर नगरपालिका १२ घर भई ललितपुर बालकुमारी बस्ने ४० वर्षीय बिनोद शाही, भारत बिहार मोतिहारी आदारपुर थाना घर भई
धादिङ धुनिबेसी नगरपालिका ६ बस्ने ३२ वर्षीय किशोर कुमार साह र धादिङ गल्छी गाउँपालिका ७ घर भएका २६ वर्षीय राम पण्डित रहेका छन् ।
उक्त गोदामबाट टिभी, वासिङ मेसिन, एयर कन्डिस्नर, पङ्खा, ग्याँस चुलो, वाटर डिस्पेञ्चर, उफर लगायतका सामानहरू चोरी भएकोमा सोही गोदाममा सुरक्षा गार्डको रूपमा काम गर्ने अंकित भुजेल समेतका व्यक्तिहरुले गोदामको चाबी मिलाई सामानहरू चोरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका स्थानहरूमा समेत बिक्री गरेको अनुसन्धानबाट
खुल्न आएको छ । साथै उनीहरुबाट २० थान टिभि, ५ सेट एयर कण्डिस्नर, २ कार्टुन सिलिङ पङ्खा, ३ थान टेबल पङ्खा, २ कार्टुन उफर, १ थान वासिङ मेशिन र १ थान ग्याँस चुलो प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।