१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर नगरपालिकाले मुल सडकको दायाँंबायाँं हरियाली बनाउने



भक्तपुर चारदोबाटोमा देखिएको खुल्ला सडक । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस

८ असार ०७९, भक्तपुर । भक्तपुर नगरपालिकाले पुरानो सहरको मुल सडकको दायाँंबायाँं हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरू भएको १२औँ नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सौदर्यता अभिवृद्धि गर्न यस्तो नीति लिएको बताए । नगरसभामा आर्थिक वर्ष ०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरूसँंग समन्वय गर्ने बताए ।
नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गरेका थिए । त्यस अवसरमा उनले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गरे ।
प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए । उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दाबी पनि गरे । ्
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।