१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते



२३ साउन ०७९, भक्तपुर । साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका ८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा३ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफँै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उनले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए ।

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुग्नुभएका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

 

उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचारपछि घर पठाइएको जानकारी दिए । उनका अनुसार उपचाररत घाइतेको अवस्था गम्भीर भने नरहेको चिकित्सकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।