
२ भदौं ०७९, काठमाडौं । बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सहमति भएको चौबिस घण्टा पनि नबित्दै स्थानीयले आज बिहानैदेखि फोहोर फाल्न अवरोध गरेका छन् ।
काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेका हुन् । स्थानीयले प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई बिनासर्त रिहा गर्ने माग सम्बोधन नभएको आरोप लगाएका छन् ।
बुधबार प्रशासनसँग भएको चार बुँदे सहमतिमा रिहाइको विषय उल्लेख थिएन । प्रशासनले मौखिक सहमति गरेपनि पक्राउ परेका व्यक्ति नछाडेको आरोप स्थानीयको छ ।
फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीयविच फोहोर फाल्न अवरोध नगर्ने चार बुँदे सहमति भएको थियो ।







प्रतिक्रिया