१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमाले जिल्ला कमिटी सदस्य डंगोल कांग्रेसमा प्रवेश




१३ भदौं ०७९,ललितपुर । ललितपुर नेकपा एमाले जिल्ला कमिटी सदस्य गंगाराम डंगोल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ललितपुरको चापागाँउमा आइतबार आयोजित जनतासँग कांग्रेस अभियान कार्यक्रममा डंगोल एमाले कार्यकर्ता कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले टिका लगाइदिएर पार्टी प्रवेश गराए । उनीसँगै करिव एक दर्जन कार्यकर्ता काँग्रेस प्रवेश गरेको बताइउको छ ।
जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ लगायतले टिका र खादा ओढाएर सम्मान गर्दै पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा वडा अन्य कार्यकताहरु समेत पार्टी प्रवेश गरेका थिए । डंगोल शिक्षक समेत हुन् ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।