२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर एमाले जिल्ला कमिटी सदस्य डंगोल कांग्रेसमा प्रवेश




१३ भदौं ०७९,ललितपुर । ललितपुर नेकपा एमाले जिल्ला कमिटी सदस्य गंगाराम डंगोल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ललितपुरको चापागाँउमा आइतबार आयोजित जनतासँग कांग्रेस अभियान कार्यक्रममा डंगोल एमाले कार्यकर्ता कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले टिका लगाइदिएर पार्टी प्रवेश गराए । उनीसँगै करिव एक दर्जन कार्यकर्ता काँग्रेस प्रवेश गरेको बताइउको छ ।
जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ लगायतले टिका र खादा ओढाएर सम्मान गर्दै पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा वडा अन्य कार्यकताहरु समेत पार्टी प्रवेश गरेका थिए । डंगोल शिक्षक समेत हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।