१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनाधिकृत सीमा पर्खाल हटाउन काठमाडौं महानगरपालिकाद्वारा सूचना जारी 



काठमाडौं, भदौ २३ गते । अनाधिकृत सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाले कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।