२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ चालकलाई कारबाही



२७ भदौं ०७९, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो ।

फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३०, तीव्र गतिमा सवारी साधन चलाउने १०१ सवारी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ढोका खुल्लै राखेर सवारी चलाउने ९९, अवस्था ठिक नभएका सवारी साधन चलाउने ८५, लेन नियम उल्लङ्घन गर्ने ७९, रातो बत्तीको उल्लङ्घन गर्ने ५९, क्षमता भन्दा बढी यात्रु राख्ने ३४ तथा अन्य नियम उल्लघंन गर्ने चालकहलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।