७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बनेश्वरबाट नक्कली पेस्तोल देखाई मोबाइल लुटपाट, दुई जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२९ भदौ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका बानेश्वर स्थित ३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाईल पसलमा २ जनाले नक्कली पेस्तोल देखाई तीन थान मोबाईल लुटपाट गरेको प्रहरीले आरोपमा प्रहरीले पक्राउ गरेकोे छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका ६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।
उनीहरुलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।