१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौं महानगर घेराउ



३० भदौ ०७९, काठमाडौं । फुटपाथ व्यवसायीहरुले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको उनीहरको गुनासो छ । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेर घेराउ गरेका हुन् । महानगरले जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले गुनासो गरेका छन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।