१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको नख्खुमा दशैंको मौका छोपेर लंगुर बुर्जा खेल्नेहरु पक्राउ



१५ असोज ०७९, ललितपुर । प्रहरीले दशैंको मौका छोपेर लंगुर बुर्जा खेल्ने युवाहरु पक्राउ गरेको छ ।
ललितपुर प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १३ नख्खुखोला नजिक अवैध रुपमा लङगुर बुर्जा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो ।
हुम्ला खार्पुनाथ गाउँपालिका १ घर भई ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने २५ वर्षीय प्रेम बुढा सहित ९ जनालाई बिहीबार साँझ् प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त स्थानमा लङगुर बुर्जा खेलिरहेको भन्ने सूचनापछि जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ६ सय ३० रूपैयाँ र लङगुर बुर्जा खेल्न प्रयोग भएका सामानहरु सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर ललितपुर महानगरपालिका १५ खुमल्टार बस्ने गौरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय भरत बजगाई सहित ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।