१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा उठ्दिन भन्दा भन्दै उठेछन् जितेन्द्र




ललितपुर खबर
२५ असोज ०७९, ललितपुर । नेपाली काँग्रेसको गएको जिल्ला अधिवेशनको क्रममा जिल्ला सभापतिका प्रत्यासी जितेन्द्र श्रेष्ठले विभिन्न कार्यक्रममा पटक पटक भन्थे । ‘म जिल्ला सभापतिबाहेक कुनै पनि पदमा उठ्दिन ।’

प्रतिबद्धता अनुसार नै उनी स्थानीय निर्वाचनमा उठेनन् । तर समानुपातिकमा उनको नाम सिफारिस भयो । उनले ललितपुर खबरसँग भने, ‘मैले त उठ्दिन भनेको साथीहरुले नाम हालेर पठाइ दिएछन् ।’
तर एकाएक उनी ललितपुर क्षेत्र नं. ३ ख को उम्मेदवार भएर गत आइतबार जावलाखेलस्थित मुख्य निर्वाचनको कार्यालय नेकपा माओवादीकी नेतृ पम्फा भुसाल र राजकाजी महर्जनसँगै पुगे ।
स्वयम् जितेन्द्र भने आफूलाई थाहै नदिइ केन्द्रले उम्मेदवार बनाएको ललितपुर खबरसँग बताए । उनी भन्छन्, ‘मैले त उठ्दिन भनेकै हो ।’
समानुपालिकमा सिफारिस भएका सभापति श्रेष्ठ उकाएक प्रदेससभामा लडेपछि धेरै कार्यकर्ता आश्चार्यमा परेका छन् । उनी भने समानुपातिकमा गरिएको सिफारिस झिकेर फेरि प्रदेसमा पठाइएको बताउछन् ।


काँग्रेसभित्रको यो अतिराजनितीपछि ललितपुर काँग्रेसकै अर्का नेता मदनबहादुर अमात्य रुष्ट छन् । उनी यो गठबन्धन नमान्ने घोषणा गरिसकेका छन् । उनले ललितपुर खबरसँग भने, ‘काँग्रेसभित्र श्री ३ महारानीहरुले पार्टी कव्जा गर्न गठबन्धन ल्याएका हुन् ।’
पार्टी सभापति शेरबहादुर देउवा प्रचण्डको अघि लम्पसार परेपछि यो अवस्था आएको उनको तर्क छ ।
केन्द्रमा गठबन्धन भएसँगै ललितपुर ३ मा प्रतिनिधि सभाका लागि माओवादी केन्द्रको भागमा प¥यो । काँग्रेस र माओवादीलाई प्रदेससभाकोे भागबण्डासँगै उनले उम्मेदवारी दिएका हुन् ।

जालझेलको राजनीति नगर्ने आफू अरुजस्तो नभएको र आफूले बोलेको कुरा नफर्ने उनले बताउने गरेको थिए । (हेर्नुस भिडियो)

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।