१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भैंसेपाटीमा पत्नीको हत्या गरी शव झुन्ड्याएको आरोपमा एक जना पक्राउ



१५ कात्तिक ०७९, ललितपुर । ललितपुरमा श्रीमतीको हत्या गरी शव झुन्ड्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। यही कात्तिक १२ गते साँझ साढे ५ बजेतिर गुल्मीको इस्मा गाउँपालिका १ की २८ वर्षीया जमुना भन्ने वसन्ती कुमाल मृत फेला परेकी थिइन्।

ललितपुरको भैंसेपाटीमा डेरामा बस्ने वसन्तीले झुन्डिएर आत्माहत्या गरेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीले घटना शंकास्पद देखिएको भन्दै उनका श्रीमान् राम कुमाललाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा रामले नै पत्नी वसन्तीको हत्या गरेको र आत्महत्या गरेको देखाउन शव झुन्ड्याएको खुलेको छ। २९ वर्षीय राम कुमाललाई प्रहरीले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।