१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीका ९९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश



१५ कात्तिक ०७९, ललितपुर । नेकपा समाजवादीका महालक्ष्मी नगर सचिव लक्ष्मण रोक्काको नेतृत्वमा दर्जनौं युवा फेरि नेकपा एमाले फर्किएका छन् ।
ललितपुरको महालक्ष्मी ४ का पूर्व वडाध्यक्षसमेत रहेका रोक्कासँगै नगर कमिटी उपसचिव प्रकाश दाहालसहित नगरकमिटी र वडाकमिटीमा रहेका नेता कार्यकर्ता पुन एमाले र्फिर्कएका हुन् ।
एमाले फर्किने अन्य नेता कार्यकर्ताहरुमा काजी थापा, नरदीप घिमिरे, भक्तिमाया कार्की थापा, उर्मिला दाहाल, कृष्ण प्रसाद लम्साल, हिराकाजी श्रेष्ठ, विष्णु चौलागाई, रिता देउजा, सिर्जना खड्का, श्रीकृष्ण केसी, विनोद केसी, रविभक्त क्षेत्री, रामबाबु केसी, विजय थापा, सुरज खत्री, प्रमिला कटुवला, गौरी बस्नेत, दिपेन्द्र सिंह भण्डारी, प्रमिला श्रेष्ठ, शोभा ढकाल चौलागाई, मन्दा गुरुङ, कविराज श्रेष्ठ, उद्धव राय क्षेत्री आदि रहेका छन् ।
एमाले पुन फर्किएका नेकपा एसका नेता कार्यकर्ताहरुमध्ये एक तिहाइले गत स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए ।
साथै नेकपा माओवादी केन्द्रबाट महालक्ष्मी नगरकमिटी ३० जना एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा तिलक विक, सरिता परियार, महेश धिताललगायत माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । माओवादी केन्द्रको महालक्ष्मी वडा नं १ को सिंगो कमिटी नै एमालेमा विलय भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले पुनः फर्किएका तथा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा एमालेका तर्फबाट ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरु तथा एमाले ललितपुर जिल्ला कमिटि तथा नगर कमिटी पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।