१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार पक्राउ



१७ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर स्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा २०७९ साउन २४ मा बिहान लुटेरा समूहले ३५ तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए ।

सो लुटमा संलग्न मुख्य योजनाकार ललितपुरको गोदावरी बस्दै आएका ५१ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । चन्द्रागिरि नगरपालिका–१ वाणभञ्याङ घर भएका सानुकान्छाको पृष्ठभूमि पनि आपराधिक छ ।

२०५४ सालपछि उनी चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । जेल छुटेपछि उनी पटक–पटक डाँका मुद्दामा फरार देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । सानुकान्छा माथि प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।