२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काङ्ग्रेस इकुडोलका इकाई पूर्व उपसभापति स्याङतान एमालेमा प्रवेश




१९ कात्तिक ०७९,ललितपुर । नेपाली काङ्ग्रेस बाग्मती गाउँपालिका ५ इकुडोलका पूर्व उपसभापति रिखीमान स्याङ्तान एमालेमा प्रवेश गरेका छन् । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा साविक इकुडोल १ को वडाध्यक्ष समेत रहेका स्याङ्तानलाई शनिबार इकुडोलमा आयोजित एमालेको चुनावी कार्यक्रममा निवर्तमान सांसद तथा उम्मेदवारहरु नवराज सिलवाल र चेतनाथ सञ्जेलले माला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
विगतमा १० वर्षसम्म पार्टी उपसभापतिको भूमिका निर्वाह गरेका स्याङतानले पार्टी प्रवेश गर्दै इकुडोलमा विगत ५ वर्षभित्र काङ्ग्रेस पतन भईसकेको बताए । पार्टीमा आफ्नो जीवन त्याग गरेकालाई काङ्ग्रेसले सम्मान गर्न नसकेको र अब काङ्ग्रेस पार्टी इकुडोलमा कहिल्यै माथी उठ्न नसक्ने उनको दावी छ । स्याङ्तानले अबका दिनमा जनताको सेवा गर्ने एक मात्र पार्टी एमाले रहेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।