२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डा. तोसिमा कार्कीलाई घण्टी नबझाउन आयोगको निर्देशन



२३ कात्तिक ०७९,  काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबझाउन निर्देशन दिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बझाएर हिँडेकाले आयोगले यस्तो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।