२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका यी क्षेत्रमा आजबाट मंसिर १ सम्म विद्युत सेवा अवरुद्ध हुने



२४ कात्तिक ०७९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाण्डौ उपत्यकाका केही स्थानमा आज कात्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म साँझको समयमा छोटो समयका लागि विद्युत सेवा अवरुद्ध हुन सक्ने जनाएको छ।
प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै जाडो समयमा निन्तर विद्युत आपूर्ति व्यवस्थापन गर्न काठमाण्डौ ग्रिड महाशाखाअन्तर्गत भुक्तपुर सबस्टेसनमा रहेको पावर ट्रान्सफर्मरको क्षमता वृद्धि गर्न लागेको भक्तपुर जिल्लासहित काठमाण्डौ केही स्थानमा साँझको समयमा विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने जानकारी गराएको छ।
प्राधिकरणका अनुसार यो अवधिमा भक्तपुर जिल्ला पूरै, माकलबारी, दक्षिण ढोका, शिवचोक, अर्यालगाउँ, आलापोट, गागलफेदी, गोठाटार, सनसिटी, काँडाघारी, मूलपानी, डाँछी, थली, भद्रवास, ब्रह्मखेल, इन्द्रायणी, साँखु, घुमारचोक, पालुवारी, लप्सीफेदी, विश्वम्भरा, जर्सिङपौवा, नाङ्लेभारे, पटाप, कात्तिकेलगायतका क्षेत्रहरुमा साँझको पिल लोडकको समयमा छोटो समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुन सक्छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।