१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलबाट प्रहरीले लागुऔषध ‘खात’सहित दुई जनालाई पक्राउ



२४ कात्तिक ०७९, ललितपुर।   ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलबाट प्रहरीले लागुऔषध ‘खात’सहित दुई जनालाई पक्राउ गरेको छ । सीआईबी र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उपत्यकाबाट नयाँ प्रकारको लागुऔषध बरामद गरेको ब्यूरोले जनाएको छ । लामो समय सुचना संकलन गरेर कार्तिक २७ मा ग्रिन टि भनेर बेचविखन हुने गरेको लागुऔषध ‘खात’  ४८० किलो बरामद गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा धापाखेल घर भएका ३६ वर्षका कविराज खड्का र धादिङ सिद्धलेक गाउँपालिका घर भएका २८ वर्षीय राम कुमार श्रेष्ठ छन् । कबिराज खड्काको घर कम्पाउण्डमा बा.२० च १५८ नम्बरको बोलेरो जिपमा प्याक गरेको अवस्थामा २२० केजी र घरमा लुकाएर राखेको अवस्थामा २६० काटुर्न खात प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।