२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


घुस लिने मालपोत कार्यालय डिल्लीबजारका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा



२४ कात्तिक ०७९, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौं तह) होमनाथ खतिवडाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अवस्थामा खतिवडा पक्राउ परेका थिए। घुसवापतको रकम पाँच हजार रुपैयाँ मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार छ सय रुपैयाँ भेटिएको थियो।

पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यस्तै, आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिद लगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।