१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय



१८ मंसिर ०७९, काठमाडौं ।  नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । आइतबार बिहान बास्कोटाको घर परिसरमा देखिएको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको थियो ।

सेनाले उक्त वस्तुलाई निष्क्रिय पारेको भक्तपुर प्रहरीले जनाएको छ । तर उक्त वस्तु के थियो भन्नेबारे सेनाको ल्याब परीक्षणपछि मात्र थाहा हुने प्रहरीले जानकारी दिएको छ । यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट भएको थियो । त्यतिबेला बनिरहेको घरमा भएको बम विष्फोटबाट झ्यालका सिसा फुटेका थिए । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ निकट तीन जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।