१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


डा.तोसिमाले दिइन् राजीनामा



१९ मंसिर ०७९, ललितपुर। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन्। आइतबार कार्की आफैँ काउन्सिलमा उपस्थित भएर राजीनामा दिएकी हुन्।
तर कार्कीले राजीनामा दिए पनि राजीनामा स्वीकृत कसले गर्ने भन्ने विषयले हाल अन्योल भएको छ। अब स्वास्थ्य मन्त्रालयबाट राय लिएर कसले राजीनामा स्वीकृत गर्ने भन्ने विषयको टुङ्गोमा पुगिने काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताए।
मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।