१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा दफा पुकारको तेश्रो संस्करण आजबाट सुरु



साँझपख देखिएको पाटन दरवारपरिसर ।

ललितपुर खबर
२३ मंसिर ०७९, ललितपुर । ललितपुरको पाटन मंगलबजारस्थित परिसरपरिसरमा आजबाट दफा पुकारको तेश्रो संस्करण सुरु हुँदैछ ।
राजधानीका विभिन्न दफा खलःको आयोजनामा सुरु दफा पुकार नेवारी संस्कृती र वाजाजागाको प्रर्बद्धनका लागि आयोजना गरिएको हो । यस अन्र्तगत पाटन संग्रालयमा दफाः संगीतको उपत्यका शिर्षकको प्रर्दशनी आजबाट पुस २ गतेसम्म हुनेछ । कार्यक्रममा विभिन्न प्यानल छलफलहरु हुने आयोजकले जानकारी दिएका छन् ।
आज विहान ९ बजेदेखि कला श्रृजनाका लागि संघीय तथा स्थानीय नीतिहरु विषयक छलफल हुँदैछ । छलफलमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल,भक्तपुर नगरकी उपमेयर रजनी श्रेष्ठ जोशी रहेका छन् ।
पर्सी आइतबार किर्तिपुर एक अध्ययनको ठाँउ विषयक सेमिनार आयोजना गरिदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।