२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बोडेमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु



प्रतिकात्मक तस्बिर

२४ मंसिर ०७९, भक्तपुर । भक्तपुर बोडे मनहरा पुल नजिकै स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंको मुलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्बरको स्कुटरले चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे बस्ने वर्ष ४४ सन्तबहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरले जनाए अनुसार दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाँबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्पताल रिफर गरिएको थियो। उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो।

भक्तपुर प्रहरी परिसरका अनुसार  दुर्घटनामा संलग्न स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध बस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।