३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजु टहरोमा बस्दै आएकी वृद्धाको हत्या आरोपमा एक जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

१ पुस ०७९, काठमाडौं ।  काठमाडौंको बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ती छन् । उनी मृतक वृद्धा महिलाका छिमेकी हुन् ।
तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार मंसिर २२ गते वडा नम्बर–३ मा पर्ने जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा गम्भीर चोट देखिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएको खुलेको थियो । हत्याको रहस्य नखुले पछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको टोली खटिएको थियो ।
मृतक डिल्लीका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जग्गामा भएको टहरोमा बस्दै आएकी थिइन् । उनका श्रीमानको मृत्यु भइसकेको थियो ।
उनी सधैँजसो छोरीका घरमा खाना खान जाने गरेको र २० गते नगए पछि बालाजु प्रहरीमा हराएको उजुरी परेको थियो । उनी मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् ।

उनको नाममा करोडभन्दा बढी पर्ने जमिन रहेकाले सोही कारण हत्या गरिएको हुनसक्ने र घटनामा नजिकैका आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान थियो ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ३ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।