१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लगनखेलको सप्तपाताल पोखरीको पुनर्निर्माणको काम धमाधम हुँदै




११ पुस ०७९, ललितपुर ।  ललितपुर लगनखेलमा रहेको बटुकभैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणको काम शुरु गरिएको छ । स्कुलले कब्जा गरेको जग्गा खोसेर ल्याएपछि ललितपुर महानगरपालिकाले पुनर्निर्माण शुरु गरेको हो ।
लगनखेलको नमुना मच्छिन्द्रनाथ स्कुलले पोखरीको ११२ नम्बर कित्ताको जग्गा लामो समयदेखि अतिक्रमण गरी प्रयोग गर्दै आइरहेको थियो । तर, ३ असार ०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा फैसला गरेपछि महानगरलाई फिर्ता ल्याउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न ०६१ मा सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।अदालतले सप्तपाताल पोखरीको नाममा उक्त जग्गा कायम गरेपछि महानगरले संरक्षण थालेको हो । सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, अकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्यलगायतले डिपिआर तयार पारेका थिए । एक महिनायता पोखरीलाई पुनर्जीवन दिन पुनर्निर्माण शुरु भएको छ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।