२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराही मन्दिरमा सप्ताह महायज्ञ सुरु हुदै




चापागाँउ ललितपुर
१५ पुस । ललितपुरको बज्रवाराही मन्दिरमा सप्ताह महायज्ञ आयोजना हुने भएको छ ।
श्रीमाई बज्रबाराही आगछें देवघर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव कर्माचार्यका अनुसार मन्दिरको नित्य पुजा बली दिने मन्दिर निर्माण लगायतको उद्देश्यले महायज्ञको आयोजना हुन लागेको हो ।
बज्रवाराही मन्दिरपरिसरमा सप्ताह व्यापी रुपमा माघ १ गते देखि ७ सम्म श्रीमद्भागवत् महायज्ञ हुने भएको हो । श्रीमद्भागवत् कथावाचक श्री कपिलदेव भट्ट र श्री डेगनाथ ढकालद्वारा अनुष्ठान सुरु गरिने कार्यक्रम छ ।
अक्ष्यक्ष कर्माचार्यका अनुसार दुई पुस्ताअघिबाट रोकिएको नित्य पूजा सुचारु गर्न अक्षयकोष निर्माणार्थ सो महायज्ञ आयोजना गर्नु परेको हो । उनले भने, ‘मेरा हजुरबुबाले गरिरहनु भएको नित्यपुजा बुवाको पालामा गुठीका आयस्ता नआएपछि रोकियो । अव अक्षयकोष बनाएर फेरि सुरु गर्नेछांै ।’
सो श्रीमद्भागवत महायज्ञबाट संकलित भेटीले अक्ष्यय कोष खडा गरी ३० औं वर्ष देखि रोकिएको नित्य पूजा सुरु गर्ने,े मन्दिर परिसरमा रहेका मठ, मन्दिरहरुको मर्मत सम्भार गर्ने लक्ष्य रहेको उनले बताए ।

 

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।