२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, गोदावरी सडकखण्ड दिनभर तनाबग्रस्त



ललितपुर, २९ माघ । ललितपुर गोदावरी नगरपालिका १४ मा भाडाको मिनी बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार बिहान सवा १० बजे टौखेलदेखि सातदोबाटोतर्फ गइरहेकोे बा ७० प ५८८ नं. को (डि टु) स्कुटरलाई सोही दिशातर्फ गइरहेको बा ४ ख ८४३९ नम्बरको भाडाको मिनी बसले ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक ललितपुर गोदावरी नगरपालिका ३ लेलिनथोक बस्ने वर्ष २८–२९ को उमा सिलवाल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि पाटन अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको हो । दुवै सवारी साधन प्रहरी वृत सातदोबाटोको नियन्त्रणमा रहेको छ । बस चालक भने फरार रहेका छन् । यता घटनाका विषयलाई लिएर गोदावरी सडकखण्ड आइतबार दिनभर तनाबग्रस्त बनेको छ । महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका अनुसार अहिले भने दुबै पक्षबीच सहमतिपछि यातायात सूचारु भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : २६ बजे