१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जावलाखेलमा सामुहिक बेलविवाह




ललितपुर
२ फागुन । ललितपुरको जावलाखेलमा नेवारी समुदायका बालिकाहरुका लागि अनिवार्य विधि व्यवहारको रुपमा रहेको रुपमा रहेको बेलविवाह सम्पन्न भएको छ ।
जावलाखेलस्थित ताम्रकार समाज भवन २१ ज्वान कन्याहरुको वेलविवाह गरिएको हो ।
कोरोनाका कारण विगत दुई बर्ष सामुहिक बेलविवाह गर्न नपाएको ताम्रकार समाजका उप कोषाध्यक्ष मनोज ताम्रकारले विधी व्यवहारको नाममा अनावश्यक खर्च गर्ने प्रवृतिलाई यस्ता सामुहिक कार्यले निरुत्साहन पार्न सहयोग पुगेको बताएका छन् ।
नेवारी परम्परा, संस्कार, विधि व्यवहारको सम्बर्धन एवं संरक्षणमा ताम्रकार समाज सदैव लागी परेको कुरा समाजका अध्यक्ष बिनोद ताम्रकारले बताए । यी विधी व्यवहारहरु नेपाली समाजमा अनिवार्य रहेको तर एकत रुपमा गर्दा भन्दा सामुहिक रुपमा गर्न सकेको खण्डमा पैसा र समयको समेत बचत हुने जस्तो उनले बताए ।
ताम्रकार वर्गका साथै गैर ताम्रकार वर्गहरुको पनि यथेष्ट सहभागीता रहेको उक्त बेल विवाह कार्यक्रममा सहभागी कन्याहरुका अभिभावकहरुले समाजमा यस कार्यक्रम सबै जना लाभान्वित हुन सकेको बताए । विधी व्यवहारका नाममा भइरहेको विकृती रोक्न समेत यस्ता सामुहिक कार्यले सहयोग पुग्ने उनीहरुको भनाइ थियो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।