१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२ दिनमै हलबाट हटाइयो ‘बुलाकी’



काठमाडौं, ३ वैशाख । फिल्म ’बुलाकी’ आइतबारदेखि हलबाट हटाइएको छ । शुक्रबार एक साथ तीन फिल्मसँग प्रदर्शनमा आएको फिल्मलाई कम सो दिइएको भन्दै निर्माण टिमले हलबाट ’बुलाकी’ उतारेको हो ।

निर्देशक लक्ष्मण सुनारले हलबाट फिल्म हटाउने उल्लेख गर्दै शनिबारै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’बुलाकी चलचित्र हेरिसक्नु भएका सम्पूर्ण दर्शकहरूमा मनैदेखि आभार प्रकट गर्दछौं । हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै भोलि आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौं ।’

फिल्मको राम्रो प्रतिक्रिया हुँदाहँदै हल व्यवसायीले अबहेलना गरेको, प्राप्त सबै सो अफटाइमको दिइएको, मोफसलका मुख्य स्टेशनमा १ सो पनि नदिइएको, चलचित्र प्रदर्शन भएको दोस्रो दिनबाटै ७०% सो कटौती गरिएको अनि अग्रिम बुकिङमै फिल्मलाई न्यून सो उपलब्ध गराएको कारण देखाउँदै निर्माण टिमले फिल्म हटाएको हो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।