१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


डुकुछाप सडकमा डोजरमा करेन्ट लाग्यो, एक युवकको मृत्यु



२६ जेठ । ललितपुरको डुकुछापमा डोजर लैजाने क्रममा तारले छोएर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावारी नगरपालिका ८ डुकुछापस्थित बाग्मती प्रदेश ०३–००१ प २२०८ नम्बरको ट्रकले डोजर लिई जाँदै गर्दा सडकमा लत्रेको हटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । लत्रेको तार तार डोजर माथि चढेर हटाउने क्रममा करेन्ट लागेर सोही ट्रकका सहचालक काठमाडौं साँखु बस्ने ३३ वर्षीय सुमित मान बुढाथोकीको बिहीबार बिहान मृत्यु भएको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : ०६ बजे