काठमाडौं । यही भदौ २७ गते काठमाडौंमा आयोजना हुने इन्द्रजात्रा हेर्न अमेरिकादेखि चीनसम्मका ४८ जना जनप्रतिनिधि आउँदैछन् । नेपालको प्राचीन जात्रा र सांस्कृतिक सम्पदा हेर्नका लागि महानगरले ६ देशका जनप्रतिनिधिलाई काठमाडौं निम्त्याएको बताएको छ । विदेशी पाहुना प्राचीन जात्राको अवलोकन र यसबारे जानकारी लिन आउने बताइए पनि उनीहरुलाई होटलमा रात्रिभोज दिने तालिका महानगरको छ ।…