६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बडिखेलमा निःशुल्क पुस्तकालय सञ्चालन


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता

पुस्तक देखाउदै पुस्तकालयकी कार्यक्रम संयोजक अर्चना अधिकारी । तस्विरहरु ः ललितपुर खबर

२३ भदौ ०७६, बडिखेल । पानी समेत किनेर खाने जमानामा फ्रिमा के पाइएला ? जावलाखेलमा निःशुल्क कपडा,मंगलबजारमा निःशुल्क संगीत प्रशिक्षणजस्तै बडिखेलमा निःशुल्क साइवर सुविधा भएको एउटा पुस्तकालय र साइवर भेटिएको छ ।
गोदावरी सामुदायिक पुस्तकालय श्रोत केन्द्रले सञ्चालन गरेको यो पुस्तकालयमा पुस्तकसँगै साइवरमा बसेको पैसा तिर्न पर्दैन । यहाँ कम्प्युटर शिक्षा पनि निःशुल्क नै दिइन्छ । पुस्तकालयमा ग्राहक बन्न, घरमै पुस्तक लैजान, वालवालिकाहरुले किड जोनमा खेलाउन, महिलाहरुका समस्याका बारेमा परामर्स पनि लिन। कुनै पनि शुल्क नलाग्ने पुस्तकालयकी कार्यक्रम संयोजक अर्चना अधिकारीले बताइन् ।

साइबरमा कम्प्युटर चलाउदै आगन्तुक ।

बच्चाहरुलाई सस्वर वाचन,चित्रकला,कथा सुनाउने लेख्न सिकाउनेलगायत विभिन्न कृयाकलाप गराइन्छ । यहाँ स्थानीयबासी सबैले सेवा लिन सक्छन् । महत्वपूर्ण डकुमेन्ट स्क्यान गरेर इमेल गर्न पनि पाइन्छ । त्यसको पनि कुनै पैसा लाग्दैन ।
यो सबै व्यवस्थापन गर्नका लागि आजकल पुस्तकालयको कुनै श्रोत नभएको अधिकारीले जानकारी दिइन् । ‘श्रोत नहुँदा पुस्तकालयले ऋण लिएर काम गरिरहेका छौं ।’ उनले भनिन् । कर्मचारी र घर भाडाका लागि ऋण लिनु परेको वताइन् ।

खेल्दै बच्चाहरु ।

संस्थाका अध्यक्ष वशिष्ठकुमार अधिकारीका अनुसार पछिल्लो दिनमा संस्था धान्न कठीन रहेको बताए । उनले भने, ‘हामीले अहिले कर्मचारीको तलव र घर भाडा तिर्दा ३ लाख जति ऋण भएको छ ।’
रिड नेपालको सहयोगमा सन् २०१४ मार्च ८ मा खोलिएको यो पुस्तकालयको आफ्नै भवन भने छैन । ३ वर्ष पुरा भएपछि यो पुस्तकालय समुदायमा हस्तान्तरण भइसकेको छ । घर भाडा,कर्मचारी र अन्य खर्च धान्न गाह्रो भए पनि पुस्तकालयले निशुल्क सेवा दिइरहेको उनले बताइन् ।
पुस्तकालयले केही समयअघि बडिखेल ४ स्थित वडा कार्यालयबाट ५० हजार सहयोग लिएको छ । रिड नेपालले अहिले पनि एक जना कर्मचारी राखि दिएको छ । यो वर्ष गोदावरी नगरपालिकाबाट ५ लाख अनुदान लिएको छ ।
यस पुस्तकालयलाई अन्य ठाँउमा मोवाइल पुस्तकालयमार्फत समेत सेवा दिन सकिने बताइन् । अन्य स्थानमा रहेका पुस्तकालयले सम्पर्क गरे पुस्तकालयको नीति अनुरुप सहयोग आदानप्रदान गरेर काम गर्न सकिने उनले बताइन् । भनिन्, ‘हामीले अन्य
पुस्तकालयलाई पुरै सहयोग गर्न नसके पनि परामर्सलगायतका केही सहयोग भने गर्न सकिन्छ ।’
संस्थाले बडिखेलमै आफ्नो घर बनाउने प्रकृया शुरु गरेको छ । जाइकाको सहयोगमा घर निर्माणका लागि स्थानीय सडक नजिकै रहेको सार्वजनिक जग्गालाई संस्थाले भोजचलन गर्ने गरि सहमती लिइएको छ । संस्थाका अध्यक्ष अधिकारीले भने, ‘भवन बनाएर पुस्तकालय सञ्चालन गर्न सके राम्रो हुनेछ ।’

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १ : ४२ बजे