६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको तस्विरसहितको सिक्का सार्वजनिक


२४ भाद्र २०७६, मंगलबार  

0
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गरेका हुन्।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गरेका उनले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता सांगोपाँगो अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सो दरका सिक्का सार्वजनिक गरेको हो। अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धीकरणमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पारे।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ४३ बजे