८ चैत्र । काठमाडौंको मनहरामा अपरिचित पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।