१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको सुनाकोठी र काठमाडौंको नागार्जुनमा चोरी



८ चैत्र  । ललितपुरको सुनाकोठी र काठमाडौंको नागार्जुनमा चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२६ सुनाकोठी डेरा गरी बस्ने तेह्रथुम आठराई् गाउँपालिका–१ घर भएकी कमला सिटौलाको कोठाबाट सुनका विभिन्न गहना लगायतका समान चोरी भएको हो ।
उनको कोठाबाट करिब ८ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको प्रहरीको भनाई छ ।
साथै काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने रामकृष्ण पाण्डेको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गहना र नगद चोरी भएको छ ।
प्रहरीका अनुसार उनको कोठाबाट १ लाख रूपैयाँ समेत गरी करिब ४ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ६ : ०८ बजे