काभ्रेपलाञ्चोक ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा मनाइँदै छ । शुक्रबारदेखि तीन दिनसम्म मनाइने जात्रामा विशेषगरी भैरव (देवगण)को ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । शुक्रबार बनेपा बजारको विभिन्न मन्दिरमा पूजाअर्चना गरी जात्रा सुरू गरिएको हो । जात्राका क्रममा विशेषगरी साँझपख सहरका डबलीहरूमा श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी…