१६माघ ०७६,काठमाडौँ । नेपाली क्रिकेटर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । आज बिहीबार राजधानीको एक मन्दिरमा हिन्दु धर्मको परम्परा अनुसार सोम्पालले धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका हुन्। त्यस्तैगरि बिगत चार वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका कामी र घिमिरे विवाह गरी औपचारिकमा नयाँ जीवनको सुरुवात गरेका छन् । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले…