३० चैत । भजन शिरोमणि सुरसम्राट् भक्तराज आचार्यलाई मरणोप्रान्त ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको छ। सिस्नुपानी नेपालद्वारा काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘राष्ट्र’ शीर्षकको कार्यक्रममा आचार्यलाई यो उपाधि प्रदान गरिएको हो। कार्यक्रममा भजन शिरोमणि आचार्यप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै ९१ जना संगीतकर्मीहरुले आचार्यकै कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा…’ प्रस्तुत गरेका थिए । आचार्यले यो…