२३ पुस ०७७, गण्डकी । कलाकार खेम गुरुङको लोकगीत घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुबमार्फत सार्वजनिक भएको हो । आफ्नै लय, शब्द र सङ्गीतमा गीत तयार पारेका गुरुङले विदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार…