कञ्चनपुर कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिएका छन् । कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए…