१७ माघ । ललितपुरको ताल्चिखेलमा मंगलबार राती आगलागी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १४ ताल्चिखेल बस्ने दिनेश पोखरेलको घरको पाँचौ तलामा मंगलबार राति आगलागी भएको हो । आगलागीपछि सोफासेट, टिभी, फर्निचर लगायतका सामान समेत गरी करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।